काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्म विपरीत चलेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तिमगरले सरकार न नैतिक जगमा आधारित भएको न त संवैधानिक प्रक्रियाको पालना गर्न चाहने देखिएको गम्भीर टिप्पणी गरे । उनले सरकारलाई ‘संवैधानिक प्रक्रियाको योजनाबद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमुना’ को संज्ञा दिए ।
सांसद घर्तिमगरले भने, ‘सरकार न त नैतिक जगमा अडिएको छ, नत संवैधानिक प्रक्रियामै। संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा सबै आज उपेक्षित, अपहेलित र पदीय दुर्गन्धले ढाकिएको अवस्था देखिँदैछ ।’
उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिए पनि सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिरहेको आरोप लगाए । संसद्लाई प्रधानमन्त्रीले सिंहदरबारको कार्यक्षेत्रसरह सीमित बनाइदिएको उनको भनाइ थियो ।
‘आज संसद् जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको छ,‘उनले भने । सांसद घर्तिमगरको अभिव्यक्तिले सरकारप्रतिको असन्तोष र संविधानप्रति गम्भीर चासो सार्वजनिक रूपमै झल्किएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया