काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देशको आर्थिक सुधारका लागि सरकार र निजी क्षेत्र दुवै पक्षले आफ्नो भूमिका सुधार्नुपर्ने बताएका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा.महतले मुलुकको उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र आर्थिक सुधारको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘राजनीति क्षेत्र पनि त्यहीँ छन्, भोटका लागि सबै हुन्छ भन्छन् । तर हामीले के गर्ने, के नहुने भन्ने स्पष्ट भन्न सक्नुपर्छ। अहिले कांग्रेसले केही गर्दैन भनिन्छ, तर यथार्थमा हामीले धेरै काम गरिरहेका छौँ । तर आफैँले गरेको कुरा खुलस्त नगर्ने र बरु अरूका कामलाई आलोचना गर्दै आफ्नै पार्टीका मान्छेमाथि आक्रमण गर्ने प्रवृत्ति बढिरहेको छ । यो परिपाटी अब छाड्नुपर्छ।’
डा. महतले कांग्रेस नीतिगत र सैद्धान्तिक हिसाबले सही मार्गमा रहेको दाबी गर्दै त्यसलाई अझ धारिलो बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
उनले थपे, ‘नयाँ पार्टीहरू वा कम्युनिष्टहरूबाट यो सम्भव छैन । कांग्रेस नै वेस्ट पार्टी हो, तर सुधार आवश्यक छ। हामी एकीकृत भएर सामूहिक ढङ्गले आफ्ना कुरा राख्न सक्यौँ भने मात्र सफल हुन सक्छौँ ।’
उनको भनाइले अहिलेको राजनीतिक वातावरणमा आत्ममूल्यांकन, सहकार्य र स्पष्ट रणनीतिको आवश्यकता देखिएको संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया