८ दिनदेखि लगातार बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

लोकपथ
140
Shares

काठमाडौं । लगातार आठ दिनदेखि बढ्दै आएको शेयर बजार बिहीबार पनि ३.७६ अंकले वृद्धि भई २९८२ अंकमा पुगेको छ । यद्यपि वृद्धि दर पछिल्ला दुई दिनदेखि एकल अंकमा सीमित हुँदै गएको छ ।

बिहीबार कारोबार रकम घटेर १८ अर्ब ४९ करोडमा सीमित रह्यो, अघिल्लो दिन यो रकम १९ अर्ब ५७ करोड थियो । बजारमा १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको घट्यो ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो । समूहगत कारोबारमा पनि हाइड्रोपावरले ८ अर्ब ४० करोडको कारोबार गर्दै ४५ प्रतिशत हिस्सा ओगट्यो ।

ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका शीर्ष पाँच कम्पनी रहे ।

बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?