संसदमा रास्वपा र राप्रपा : आफ्नो कुरा राख्छन् अनि बहिस्कार गर्छन्

लोकपथ
1.1k
Shares

काठमाडौं । विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज पनि प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् ।

यसअघि पनि बैठक बहिस्कार गरिरहेको रास्वपा र राप्रपाले बैठक बहिस्कार गरेरका हुन् ।

आकस्मिक समयमा रास्वपाको तर्फबाट सांसद डा. तोसिमा कार्कीले आफ्नो धारणा राखेकी थिइन् । उनले वर्तमान सरकारले संविधान संशोधनको बाचा गरे पनि त्यसअनुसारको उपलब्धी हासिल गर्न नसकेको आरोप लगाइन् । साथै आफूहरुले निरन्तर संसदमा विरोध जनाइँरहँदा समेत सत्तापक्षले पेलेरै संसद चलाइरहेको भन्दै कटाक्ष गरिन् ।

यता राप्रपाबाट आफ्नो धारणा राखेका सांसद दिपकबहादुर सिंहले सरकारको कामकारबाहीप्रति कटाक्ष गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएको आरोपसहित रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि निरन्तर संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा सरकारले आफू अनुकुलको छानबिन समिति बनाएको भन्दै त्यसलाई नमान्ने दुवै दलको अडान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?