विदेशीमा निर्भर होइन, नेपालमै जनशक्ति उत्पादन गरौँ : हितराज पाण्डे

लोकपथ
147
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन नगरी हवाई सेवा प्रभावकारी बनाउन नसकिने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सन्दर्भमा जनशक्ति विकासको विषयलाई विधेयकमै समावेश गर्नुपर्ने धारणा राखे ।

‘जनशक्ति उत्पादन र प्रशिक्षण गरी बल्ल हवाई सेवालाई प्रभावकारी बनाउन सकिन्छ, ‘पाण्डेले भने, ‘तर यसमा आफ्नै देशको जनशक्ति उत्पादन होस् । हामी जनशक्तिमा परनिर्भर हुनुहुन्न भन्ने कुरा विधेयकको प्रस्तावनाबाटै स्पष्ट हुनु जरुरी छ ।’

उनले नेपालमै दक्ष जनशक्ति उत्पादन गरी प्रशिक्षित जनशक्तिको भरमा हवाई सेवा सञ्चालन गरिनुपर्ने बताए । हालसम्म हवाई क्षेत्रमा विदेशबाट ल्याइने जनशक्तिमा निर्भर रहनुपरेको उल्लेख गर्दै अब यो बाध्यता अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी, पाण्डेले हवाई सेवा प्राधिकरण मन्त्रीकै नेतृत्वमा गठन गर्दा संस्थागत रूपमा अझ प्रभावकारी र व्यवस्थित हुन सक्ने सुझाव पनि बैठकमा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?