फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबिच छुट सम्बन्धी सम्झौता

लोकपथ
112
Shares

काठमाडौं । बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल र प्रभु बैंक लिमिटेडबिच  विशेष छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार अब प्रभु बैंकका कर्मचारी, उनका परिवारजन र ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलको सेवा लिँदा १० प्रतिशत छुट पाउने छन् । यो छुट फ्रन्टलाइन हस्पिटलमा उपलब्ध सबै सेवामा लागू हुनेछ ।

सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?