प्रधानमन्त्री ओलीको दाबी : निर्यातमा इतिहासकै उच्च बिन्दु, ८१.८० प्रतिशतले वृद्धि

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले इतिहासमै उच्च निर्यात हासिल गरेको दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले चालु आवमा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको जानकारी दिएका छन् ।

उनका अनुसार अघिल्लो आवमा देशको कुल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र थियो । ओलीले लेखेका छन्, ‘गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।’

उनले निर्यात वृद्धिलाई सरकारको सफल प्रयासको परिणाम भएको बताए । ‘हामी सरकारमा आउनुभन्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ,प्रधानमन्त्री ओलीले बताएका छन् ।

सरकारले उत्पादन, व्यापार तथा निर्यात अभिवृद्धिका लागि लिएको नीतिगत तथा प्रोत्साहनकारी कदमले परिणाम दिन थालेको प्रधानमन्त्रीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?