काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टिटारमा भाडामा बस्दै आएका एकै घरका दुई दिदी बहिनीले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई सो घरमा डेरा गरेर बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षकी सिर्जना कँडेल छन् ।
डेरा कोठाको प्यासेजमा उनीहरू मृत भेटिएका हुन् । ‘एउटै नाइलनको डोरी फलामको डण्डीमा छिराएर दुईतिरको टुप्पोले घाँटीमा बेरी पासो लगाएर झुन्डिएको अवस्थामा दुवै जना मृत फेला परेका छन्,’ जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले भने ।
प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ ।
उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको पाइएको छ । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।
प्रहरीले आत्महत्याबारे अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया