सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

लोकपथ
182
Shares

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशका कारण एक महिलाले ज्यान गुमाएकी छिन् ।

स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राईलाई विषालु सर्पले टोकेको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यतिबेला तराईका जिल्लाहरूमा अत्यधिक गर्मीको कारण सर्पको गतिविधि बढ्दै गएको छ । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने गरेकाले सतर्क रहन विशेषज्ञहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?