काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्र यतिबेला चर्चामा छ ।
स्थानीय तहको सरकार प्रमुखले केन्द्रको मन्त्रालयलाई लेखेको पत्रमा केही आपत्ति जनक शब्दहरु समेत घुसाइएका छन् ।
उनले विशेषगरी धरान उपमहानगरपालिकाले नगर अस्पताल बनाउन लागेको र त्यसको जग्गा माग गरेका छन् । उनले पत्रमा औपचारिकता समेत पूरा नगरी ठाडो भाषामा नै पत्र लेखेका छन्, जसको चौतर्फी आलोचना भइरहेको छ ।
‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाँही कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लीज फिर्ता गरिदिनु होला,’ उनले पत्रमा भनेका छन् ।
गत निर्वाचनमा साम्पाङ धरान उपमहानगरमा स्वतन्त्रबाट मेयर बनेका थिए । उनले श्रमदानबाटै कतिपय विकास निर्माणका कामहरु गरेकोमा प्रशंसा भइरहे पनि कतिपय शैलीको भने आलोचना हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया