महामन्त्री शर्मालाई एमालेको जवाफ : ‘कुलिङ पिरियड’ हटाउने संशोधनबारे सभापतिसँग सल्लाह गर्नु’

लोकपथ
3.6k
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले निजामति सेवा विधेयकमा संशोधनको विषयमा सांसदहरूलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो बताएका हुन् ।

उनले सत्तारूढ नेपाली कांग्रेसकै सांसदहरूले विधेयकमा फरक संशोधन दर्ता गरेपछि उठेका प्रश्नहरू विधायन प्रक्रियाप्रति कमजोर समझदारीका कारण भएको बताए ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई विधेयकमा संशोधनबारे मिडियामा बोलेको विषयमा आलोचना गर्दै, यस्तो विषय सभापतिसँग छलफल गरेर समाधान खोज्न सुझाव दिए ।

बर्तौलाले कानून निर्माण प्रक्रियामा सांसदहरूको स्वतन्त्रता हुने स्पष्ट पार्दै भने, ‘निजामति विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरूको विशेषाधिकारको कुरा हो । यसमा धम्की दिनु, सरकारमा दरार आउँछ भन्ने कुरा भन्नु गलत हो । विधायन प्रक्रियामा पार्टीको ह्वीप पनि लाग्दैन।’

प्रतिनिधि सभाबाट पारित भइसकेको संघीय निजामति सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको छ । उक्त विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाउन एमाले सांसदहरूले संशोधन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?