रास्वपाको इटहरी नगर अधिवेशन रोक्न उच्च अदालतको आदेश

लोकपथ
11k
Shares

काठमाडौं । उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को इटहरी नगर अधिवेशन रोक्न अल्पकालीन आदेश दिएको छ ।

साउन १० मा हुने भनिएको अधिवेशन रोक्न माग गर्दै विष्णुबहादुर बस्नेतले जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

सोही रिटमा न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले दुवै पक्षलाई साउन १२ गते अदालतमा उपस्थित हुन आदेश दिएको हाे ।

बस्नेत र श्रेष्ठ दुवैलाई केन्द्रीय अनुशासन समितिले पदबाट निलम्बन गरिसकेको छ । निलम्बनको अवस्थामा अधिवेशन गर्नु लोकतान्त्रिक पद्धति विरुद्ध हुने भन्दै असन्तुष्ट पक्षले अधिवेशन रोक्न माग गरेका थिए । केन्द्रले नगर अधिवेशन संयोजकका रूपमा महेश थापालाई तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?