सरकारले परिणाम आउने गरी काम गर्न सकेन : माधव नेपाल

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै भएको तर देशमा परिणाम आउने गरी काम गर्न नसकेको बताए । उनले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्बन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिले पनि जनतामा निराशा रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्बन गर्ने त्यसमा बहस गरौँ हामी । अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन । कस्तो विडम्बना एक जना छाउपडी प्रथाको सिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?