काठमाडौं । नेकपा (एमाले) ले आगामी निर्वाचन लक्षित अभियान ‘मिसन ०८४’ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएको छ ।
बुधबार ललितपुरस्थित च्यासल पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले उक्त जानकारी गराएका हुन् ।
महासचिव पोखरेलका अनुसार केन्द्रिय कमिटीका अधिकांश सदस्यहरूले अध्यक्ष ओली नै ‘मिसन ०८४’ को नेतृत्व गर्न उपयुक्त पात्र रहेको धारणा व्यक्त गरेका छन् । उनले भने, àकेन्द्रिय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।’
उनले पार्टी विधानले सबैलाई प्रतिस्पर्धाको अधिकार दिएको भन्दै नेतृत्व चयन प्रकृयामा खुला छलफल भइरहेको पनि उल्लेख गरे । ‘विधानले त हरेकलाई प्रतिस्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा छलफल गर्दैछौँ,‘पोखरेलले भने, àएमालेले प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरेको छैन ।’
एमालेले ‘मिसन ०८४’ अन्तर्गत २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया