संविधान संशोधनअघि समीक्षा आवश्यक : प्रचण्ड

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन अघि यसको कार्यान्वयन कति प्रभावकारी रह्यो भन्नेबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनको समग्र मूल्यांकन गरेपछि मात्र संशोधन र परिमार्जनतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन, यसको समीक्षाको बेला आएको छ। संविधान कति राम्रोसँग कार्यान्वयन भयो, त्यसको पनि समीक्षा गर्न जरुरी छ। त्यसपछि मात्रै संशोधनको प्रक्रिया अघि बढाऔँ ।’

दाहालले आफू गणतन्त्रको जन्मदाता भएको दाबी गर्दै गणतन्त्रप्रति सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही पनि आफूलाई नै हुने उल्लेख गरे। उनले गणतन्त्रमाथि प्रश्न उठेका बेला जनप्रदर्शनमा समेत सहभागी भएको स्मरण गराए ।

कार्यक्रममा बोल्दै दाहालले कुनै पनि राजनीतिक दलबाट महिलाको नेतृत्व अघि आउनु आफैँमा सकारात्मक संकेत भएको बताए । साथै, महिला, दलित, आदिवासी, जनजाति, र थारु समुदायले प्राप्त गरेको अधिकारलाई इतिहासले सम्मान गरिसकेको दाबी गरे ।

उनले समीक्षा र समावेशी अधिकारको रक्षा दुवैलाई वर्तमान राजनीतिक कार्यसूचीको केन्द्रीय विषय बनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?