छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु

लोकपथ
728
Shares

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराको छुरा प्रहारबाट एक वृद्धको ज्यान गएको छ ।

६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मोहम्मदले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सचिव अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले घटनापछि अभियुक्त मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?