काठमाडौं । विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् ।
यसअघिका मागहरुलाई नै राखेर दुवै दलले संसद बैठक बहिस्कार गरेका हुन् ।
दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककै नाम जोडिएको भन्दै उनको राजीनामा र उनीमाथि छानबिन गर्न माग गर्दै आइरहेको छ । गत जेठ १३ गतेबाट राप्रपा र रास्वपाले निरन्तर संसदमा अवरोध गर्दै आइरहे पनि सत्तापक्षले पेलेरै संसद अघि बढाइरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । तर त्यसअघि नै आ–आफ्नो कुरा राखेर रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सांसद बिन्दबासिनी कंशाकारले पार्टीको धारणा राखेका थिए । साथै आफूहरुको माग सम्बोधन नभएरसम्म संसदमा नबस्ने समेत चेतावनी दिए ।
त्यसो त आजै प्रधानमन्त्री ओलीले संसदलाई विशेष सम्बोधन गर्ने तयारी गरेका थिए । तर अन्तिम अवस्थामा आएर सम्बोधन स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया