जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–‘प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनु’

लोकपथ
161
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर आयोजनामा देखिएको अनियमितताबारे प्रचलित कानूनअनुसार छानबिन गर्न निर्देशन दिएको छ ।

बुधबार सम्पन्न समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले अदालतमा विचाराधीन विषय भए पनि समितिले कानून विपरीत नजाने गरी सम्बन्धित निकायलाई जवाफदेही हुने गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिए ।

उनले भने, ‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन भएको हुँदा यसबारे समितिमा थप छलफल अघि बढाउनुपर्ने देखिएन। हामीले निकाल्ने निष्कर्षले कुनै ठोस परिणाम दिने सम्भावना छैन । त्यसैले कानून अनुसार सम्बद्ध निकायले आवश्यक प्रक्रिया अघि बढाओस् भन्ने निर्णय गरेका छौँ।’

पोखरेलले यसअघि नै सो विषय अदालतमा विचाराधीन रहेको जानकारी नहुँदा छलफल अघि बढाइएको स्पष्ट पार्दै, आगामी दिनमा यस्ता संवेदनशील विषयमा समिति अझ सचेत रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?