शुक्रबार नै भूमीसम्बन्धी विधेयक पारित गर्ने सरकारको तयारी

लोकपथ
945
Shares

काठमाडौं । सरकारले पछिल्लो समय विवाद र चर्चामा रहेको भूमीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पास गर्ने तयारी गरेको छ ।

सरकारले आगामी शुक्रबार यानेकी साउन ९ गते भूमीसम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको हो ।

आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले संसदको पाक्षिक क्यालेन्डर सार्वजनिक गर्दै सो कुरा जनाइएको छ ।

‘शून्य समय, भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत,’ साउन ९ गतेको कार्यसूचीमा भनिएको छ ।

समितिको बैठकले साउन महिनामा आजसहित ३ दिन मात्रै बैठक बस्ने जनाएको छ । आज बुधबार, भोलि बिहीबार र पर्सी शुक्रबार मात्रै बैठक बस्नेछ ।

त्यसो त आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । समसामयिक राजनीतिका विषयमा जानकारी दिन साथै सरकारको एक वर्षको उपलब्धीबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै आजै प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ समेत दिनेछन् । हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?