काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर निर्वाचन आयोगले सो पार्टीलाई पत्राचार गरेको छ ।
आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै पाँच जना नेताले निवेदन दिएपछि आयोगले राप्रपा नेतृत्वलाई पत्राचार गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि पार्टीको अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती, उपाध्यक्ष मुकुन्दश्याम गिरी र संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पदमुक्त गरेका थिए । यसैगरी, महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए ।
आफूहरूमाथि विधानविपरीत कारबाही गरेको भन्दै उनीहरूले निर्वाचन आयोग गुहारेपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन् ।
लिङ्देनले अनुशासन समितिका संयोजकमा रोशन कार्कीलाई नियुक्त गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया