काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।
मंगलबार सुनको मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ तोलामा थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर आज तोलामा २ हजार ३५० रुपैयाँ पुगेको छ । मंगलबार यो मूल्य २ हजार ३२० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया