काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लागेको मुख्य सचेतक बर्ताैलाले बताए ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि संसदमा सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको पनि जवाफ दिनेछन् ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया