को हुन् नकाव लगाएर त्रिवि अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने यि व्यक्ति ?

काठमाडौं– कार्तिक २० गते बिहान १०ः३० बजे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरे खाइलाग्दो ज्यान भएका नकावधारी ती व्यक्ति को थिए ? भनेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उपस्थित सर्वसाधारणहरुमा पर्नु स्वभाविक थियो । नकावसहित विमानस्थलबाट वाहिरिनु रहस्यमय त थियो नै झन् उपस्थित मिडियाकर्मिले ति व्यक्तिलाई क्यामेरा र माइक तेर्स्याएर सोधपुछ गर्न थालेपछि रहस्य थप गहिरिदै गयो । कतिपयले त ति व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कलबाजी समेत लगाउन भ्याए । त्यसवेलासम्म नकावधारी व्यक्तिलाई हेर्न विमानस्थलमा ठुलै भिड लागिसकेको थियो पछि पत्रकारहरुले अन्र्तवार्ता लिने क्रममा बल्ल थाहा भयो– कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता माविमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारतबाट आएका खेलाडी रहेछन् । उक्त प्रतियोगिमा नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् । प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनमा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?