काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले जिम्मेवारीसहितको काम नदिए आफू लामो समयसम्म पार्टीमा बस्न नसक्ने स्पष्ट चेतावनी दिएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले पार्टीमा पदको लोभ नभएको तर काम आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘मलाई पद चाहिँदैन, तर काम दिनुपर्छ । काम नदिए म धेरै समय पार्टीमा बस्न सक्दिन ।’
गौतमले पार्टीमा आफूलाई कुनैपनि जिम्मेवारी नदिई केवल नामको पद दिनुको अर्थ नरहने उल्लेख ग रे। उनले भने,‘ चाहिएको कुरा भनेको कार्यक्षेत्र हो-जसले संगठनभित्र बसेर काम गर्न सकियोस् ।’ एउटा जिल्ला होस्, पालिका होस् वा कुनै जनवर्गीय संगठनको जिम्मेवारी होस्, मलाई त्यो दिनुहोस्। कामसहितको पद सिर्जना गर्नुहोस्, नत्र म रहन सक्दिन,‘ उनले दोहोर्याए ।
सम्बोधनको क्रममा गौतमले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादलाई व्यवहारमा उतार्दै देशलाई विश्वकै समृद्ध समाजमा पुर्याउनुपर्ने धारणा पनि राखे ।
उनको अभिव्यक्तिले एकीकृत समाजवादीभित्रको आन्तरिक व्यवस्थापन र नेताहरूबीचको भूमिकाबारे प्रश्न उठेको छ । पार्टीले अब गौतमलाई कस्तो जिम्मेवारी दिन्छ भन्ने चासो बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया