शेखरले भने : ‘मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद’

लोकपथ
623
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्न एमालेले गरेको  प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा हुँदा नै विधेयक फास्ट ट्र्याकबाट पास गर्न प्रस्ताव गर्नुले शंका उत्पन्न भएकोसमेत बताएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् । लिचीबारीको घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारीले दिएका छैनन् । उनलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन भनेका समेत छैनन् । 

यो परिस्थितमा कांग्रेस नेता शेखरले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्ट ट्र्याकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।’ 

नेता कोइरालाले भूमि विधेयकमा गहन छलफल गर्न माग गर्दै पोखरा जग्गा (लिचीबारी) प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?