काठमाडौं । लगातारको वर्षाले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण भइरहेको यस करिडोरको बागलुङ नगरपालिका–१०, दब्ल्याङमा गए राति खसेको पहिरोले यातायात ठप्प बनेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज बिहानदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।
त्यस्तै, कालीगण्डकी करिडोरको बलेवा खण्डअन्तर्गत छहरे क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको र आयोजनासँग समन्वय गरी डोजर परिचालनको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसका साथै, करिडोरसँगै जोडिएको बलेवा–कुशिमसेरा सडक खण्ड समेत पूर्ण रूपमा बन्द भएको छ, जसले स्थानीय यातायात तथा आवागमनमा थप समस्या सिर्जना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया