राजनीति अस्थिर हुनुमा विप्लवले दिए माओवादी केन्द्रलाई दोष

लोकपथ
609
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा माओवादी केन्द्र रहेको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।

यसैगरी राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरु अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप उनको रहेको थियो ।

त्यस्तै उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।

उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरुमा माओवादीको सबैभन्दा ठूलो दोष छ । आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरुलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटी माओवादी केन्द्रको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन ।’

त्यस्तै स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?