ल्यान्डमार्क नारायणीमा हरेक शुक्रबार गायक अर्बिन बानले प्रस्तुति दिने

लोकपथ
714
Shares

चितवन । चितवनको भरतपुरमा रहेको ल्यान्डमार्क नारायणी होटेलमा हरेक शुक्रबार गायक अर्बिन बानले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । पर्यटकलाई मनोरञ्जन दिन होटेलले हरेक शुक्रबार गायक अर्बिन बानको साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

भरतपुरको हृदय स्थलमा रहेको होटेलले हरेक शुक्रबार साँझ ७ बजेदेखि रातको १० बजेसम्म गायक अर्बिन बानको लाइभ म्युजिक गर्न लागेको हो । स्थानीय व्यक्ति र पर्यटकलाई खानाका साथमा मनोरञ्जन दिन होटेलले लाइभ म्युजिकको व्यवस्था गरेको हो ।

गायक अर्बिनको यो प्रस्तुति सँगै शुक्रबारको साँझ रोमाञ्चक हुने र गुड फ्राइडेको फिल गराउने होटेलले जनाएको छ ।

ल्यान्डमार्क नारायणीले साझेदारी गरेको यो कार्यक्रमले भरतपुरको नाइट लाइफमा नयाँ जीवन दिने दाबी गरिएको छ । गायक अर्बिनको साङ्गीतिक प्रस्तुति र होटेलको नेपाली, कन्टिनेन्टल र भारतीय खानाले शुक्रबार अविस्मरणीय बनाउने होटेलले दाबी गरेको छ ।

होटेलले हरेक शुक्रबार गुड फ्राइडे मनाउन आउने ग्राहकलाई निशुल्करुपमा वेलकम ड्रिंक्स तथा खानाका मेनुमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

भरतपुर नगरपालिकाको कार्यालय अगाडि रहेको होटेलले दुई जनालाई ब्रेकफास्टसहितको रुम ४ हजार ५ सय रुपैयाँ र ब्रेकफास्ट र डिनरसहितको रुम ६ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउनेसमेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?