काठमाडौं । साउन लागेसँगै संघीय राजधानी काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र न्यूरोडमा चहलपहल बढेको छ । साउन महिनालाई हिन्दू महिलाहरूले विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने परम्परा रहेको छ ।

यसै अवसरमा काठमाडौंको प्रमुख व्यापारिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोक लगायतका स्थानमा चहलपहल भने उल्लेखनीय रूपमा बढेको छ । हरियो चुरा, पोते, मेहन्दी, साडी तथा श्रृंगार सामग्री किन्न आउने महिलाको भीड देखिए पनि व्यापार भने खस्किएको व्यापारीको भनाइ छ ।

‘मानिसको भीड त छ, तर किनमेलमा खासै उत्साह देखिएको छैन । कोरोना महामारीअघि साउनमा जस्तो व्यापार हुन्थ्यो, त्यो अहिले छैन, ‘न्यूरोडस्थित श्रृंगार सामग्री पसलका एक व्यापारीले भने





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया