काठमाडौं । नेपाल प्रहरीले असार महिनामा भएको सवारी दुर्घटनाको विवरण सार्वजनिक गरेको छ । असार महिनामा देभरमा २ हजार ९२२ सवारी साधन दुर्घटना भएका छन् ।
जसमा २३९ जनाको मृत्यु भएको छ भने ४ हजार ११६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पुरुषको संख्या १८६, महिला ३६, बालबालिका १७ जना रहेका छन् । यो सार्वजनिक गरिएको विवरण हेर्ने हो भने सबै भन्दा धेरै मोटरसाइकल दुर्घटना भएको देखिन्छ । मोटरसाइकल दुर्घटना कुल सवारी दुर्घटना (२ हजार ५०५) को ५६.५७% भएको छ । त्यस्तै बस ४.४३% जिप-कार १७.९३%, ट्रक-ट्यांकर ६.४६% र ट्याक्टर २.५७% रहेका छन् ।
दुर्घटनाको प्रमुख कारण तेज गति रहेको देखिन्छ । १ हजार ४५० दुर्घटना तीव्र गतिमा सवारी चलाउँदा भएको देखिन्छ । अन्य प्रमुख कारणमा मापसे गरेर सवारी चलाउँदा १९८, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १६३, बाटो काट्दाको अवस्थामा १४३, ओभर टेक गर्दा ८२ र अन्य कारणहरूले १६९ घटना भएको देखिन्छ ।
सबैभन्दा बढी दुर्घटना बेलुकी ६ बजे देखि राति १२ बजेसम्म भएको देखिन्छ, जसमा १ हजार ७४ घटना (३६.७६%) भएका छन्, भने दिउँसो १२ बजे देखि ३ बजेसम्म पनि १ हजार ४६ दुर्घटना (३८.८०%) भएका छन् ।
ट्राफिक उल्लंघन गरेको कारबाहीमा भने १ लाख ५२ हजा ४८९ परेका छन् । यसबाट राज्यले १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया