काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति बीपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् ।
मंंगलबार ४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको संघर्ष र मूल्य मान्यताले देश र कांग्रेसलाई आजको स्थितिमा ल्याएको बताए ।
पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरेका बीपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख पनि उल्लेख गरे । देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र संर्घष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे । बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाइ छ ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको बीपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए । कोइराला राजनीतिज्ञ मात्रै नभई साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताए । उनले प्रजातान्त्रिकता समाजवादको चिन्तक रहेका बीपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभई आधुनिक नेपालका समेत निर्माता भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया