१८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

लोकपथ
245
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य एकै दिनमा तोलामा १८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो ।

चाँदीको हकमा भने आज नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ पुगेको छ। यसअघि साउन ३० गते चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँ पुगेर उच्चतम रेकर्ड बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?