पूर्व–पश्चिम राजमार्गको कल्पना बीपीको थियो : शशांक कोइराला

लोकपथ
609
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को प्रारम्भिक कल्पना बीपी कोइरालाले गरेको दाबी गरेका छन् ।

बीपी स्मृति दिवसको अवसरमा मंगलबार बीपी संग्रहालय, सुन्दरीजलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्व–पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले बनाउनुभयो, तर त्यसको कल्पना बीपी कोइरालाकै थियो ।’

उनले नेपालमा जनताको सेवा गर्न सबैभन्दा धेरै योगदान दिने व्यक्ति बीपी कोइरालालाई मानिएको उल्लेख गर्दै भने, ‘ बीपी सम्झिँदा आँसु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन ।’

डा.कोइरालाले बीपीले १२–१४ वर्ष जेल जीवन व्यतीत गर्नुका साथै भारतमा समेत आन्दोलनका क्रममा जेल बस्नुपरेको स्मरण गरे । उनले भने, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस हुन्छ ।

उनले नेपाल धेरै परिवर्तन भइसकेको भए पनि अझै सुधार र परिवर्तन आवश्यक रहेको बताए । साथै, समृद्ध नेपालको सपना साकार पार्न बीपी कोइरालाको सोच, आदर्श र मार्ग निर्देशन आज पनि सान्दर्भिक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?