काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, अन्यत्र आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर मंगलबार ताप्लेजुङदेखि कास्की, गुल्मी, बागलुङलगायतका पहाडी जिल्लाहरूमा बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।
त्यस्तै इलाम, झापा, नुवाकोट, मकवानपुर, रोल्पा, दाङ, जाजरकोट, डोटी, दार्चुलालगायतका जिल्लाहमा पनि साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया