एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी रहेको छ।

आज पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहनेछ र आफ्ना- आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय दिइएको छ ।

हिजोको बैठकमा उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो । आज पनि उक्त प्रतिवेदनमाथि छलफल जारी रहने छ ।

उक्त प्रतिवेदनमाथि हिजो ४९ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

हिजो गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले हिजोको बैठकमा धारणा राखेका थिए ।

बैठकमा आफ्नो धारणा राख्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे चासो राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीले आइतबार मात्रै भण्डारीसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?