काठमाडौं । चितवनको खैरहनीमा बलेरो गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय राम अवतार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३च ६६१० नम्बरको बलेरो गाडीले अवतारलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
ठक्कर दिने बलेरो गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया