एमाले बैठक : ४९ जनाले राखे धारणा, चर्चामा विद्यादेवी भण्डारी

लोकपथ
1.8k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबारबाट सुरु भएको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

उक्त प्रतिवेदनमाथि आज ४९ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।

आज गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले आजको बैठकमा धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार बैठकमा आफ्नो धारणा राख्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे चासो राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीले आइतबार मात्रै भण्डारीसँग छलफल गरेका थिए ।

सदस्यहरुलाई आफ्नो विषयवस्तु राख्न ३ मिनेटको समय दिइएको थियो । एमाले केन्द्रीय कमिटी बैठक मंगलबार बिहान ११ बजे पुनस् बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?