पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव २५ फिट गहिराईबाट निकालियो

लोकपथ
3.2k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालकको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले १५ वर्षीय सेनसन पुनमगरको शव फेला पारेको हो ।

भरतपुर महानगरपालिका–१५ सुर्यनगर बस्ने मगर सोमबार दिउँसो नारायणी नदिको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र भट्टको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।

उक्त टोलीले घटनास्थलको करीब २५ फिट गहिराइबाट उनको को शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?