देउवाको दाबी– ‘कांग्रेस आदर्श र सिद्धान्तमा सबैभन्दा राम्रो पार्टी’

लोकपथ
553
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए ।

कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गरे । कांग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको बताए ।

कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने जरुरी रहेको बताए ।

‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्वपूर्ण कुरा छ । प्रतिष्पर्धी पार्टीहरुमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ । सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरुलाई अझ व्यापक रुपमा बुझाउनसके नेपालमा नेपाली कांग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ । यद्यपि अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले सबै तहका नेपालका सबै दाजुभाई दिदिबहिनीहरुलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ ।’

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरुलाई कांग्रेसमा समेट्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?