काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरुको बैठक बसेको छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहको संयोजनमा बैठक बसेको हो ।
यसअघि पनि कांग्रेसका ७ नेताहरुले भेला गरेर आगामी १५औँ महाधिवेशनबारे छलफल गरेका थिए । संस्थापन समूहका नेताहरुले आगामी महाधिवेशनमा सर्वसम्मत रुपमा उम्मेदवार छनोटका लागि तयारी गरेका हुन् ।
आजको बैठकमा पूर्वपदाधिकारीहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, विजयकुमार गच्छादार, गोपालमान सिंह, प्रकाशमान सिंह र कांग्रेस प्रवक्ता समेत रहेका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत समेत बैठकमा सहभागि रहेका छन् ।

नेताहरुले यसअघिको छलफललाई नै निरन्तरता दिएको स्रोत जनाएको छ ।
त्यस्तै सात नेताहरुले महाधिवेशन केन्द्रित रहेर सात वटै प्रदेशमा छलफल चलाउने तयारी गरेका छन् । त्यसका लागि आज बैठक बोलाइएको बताइएको छ ।
त्यसो त महाधिवेशनमा संस्थापन समूहबाट नेतृत्वका लागि सर्वसम्मत उम्मेदवार बनाउने तयारीमा नेताहरु लागिरहेका छन् ।
त्यसो त संस्थापन इतर समूहमा डा. शेखर कोइरालाले छलफललाई तिव्रता दिएसँगै संस्थापन पक्षका नेताहरु समेत छलफलमा जुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया