बंगलादेशमा वायु सेनाको विमान दुर्घटना

लोकपथ
4k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान दुर्घटना भएको छ । सोमबार दिउँसो १ बजेको समयमा वायु सेनाको एफ७ विमान राजधानी ढाकाको उत्तरामा दुर्घटना भएको हो ।

इन्टर सर्भिस पब्लिक रिलेसन –आईएसपीआर) का अनुसार एफ७ विमान माइलस्टोन कलेजको भवनमा ठोक्किएको हो ।

अहिले उद्धारको क्रम जारी रहेको र दुर्घटनामा हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ ।

यता सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा धेरै मानिसहरुको उद्धार गरिएको देखाइएको छ ।

उक्त विमान वायुसेनाको प्रशिक्षण विमान रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?