कृषिमन्त्री अधिकारीले सार्वजनिक गरे एक वर्षको उपलब्धी : के–के गरे काम ?

लोकपथ
189
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका छन् ।

मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताए ।

उनले रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको जानकारी दिए ।

यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा गरेको उनले बताए ।

त्यस्तै अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको बताए ।

विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको पनि बताए ।

कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको बताए । मन्त्री अधिकारीले कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको बताए ।

उनले भने, ‘विगत लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको छ । जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको छ । यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको छु । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको छ । विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको छ । बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको छ । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुनेगरी कार्यान्वयनमा ल्याइएको छ । कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको छ । त्यसैगरी पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको छ ।’

मन्त्री अधिकारीले रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव प्रचार प्रसार गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको पनि बताए । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको बताए । गत मंसिरदेखि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएको बताए ।

मन्त्री अधिकारीले भने, ‘ रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव यसको महत्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्को बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हुँदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ । बीउबिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको छ । गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन् ।’

मन्त्री अधिकारीले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?