नेपाल प्रहरीमा एकै दिन डीएसपीदेखि एसएसपीसम्म ३५ जना बढुवा सिफारिस [नामावलीसहित]

लोकपथ
5.7k
Shares

काठमाडौं । नेपाल प्रहरीमा एकै दिन ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार, ११/११ जना एसपीएसएसपी तथा १३ जना डीएसपीमा बढुवा सिफारिस भएका छन् । 

सोमबार बसेको बढुवा समितिको बैठकले एसपीबाट एसएसपीमा तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई सिफारिस गरेको छ । 

यसैगरी, डीएसपीबाट एसपीमा अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का सिफारिस भएका छन् । 

यसैगरी १३ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस भएका छन् । सिफारिस हुनेमा वसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की निशेष चापागाईं, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल छन् । 

यस्तो छ डिएसपीका लागि बढुवा सिफारिस हुनेहरुको नामावली :

यस्तो छ एसपीका लागि बढुवा सिफारिस हुनेहरुको नामावली :

यस्तो छ एसएसपीका लागि बढुवा सिफारिस हुनेहरुको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?