राजकुमार गुप्तामाथि अनुसन्धान गर्दै अख्तियार

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वतमान मन्त्री राजकुमार गुप्तामाथि अनुसन्धान अघि बढाउने भएको छ ।

लेनदेनको अडियो सार्वजनिक भएपछि गत हप्ता गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका थिए ।

कर्मचारी सरुवादेखि भूमी आयोगको अध्यक्ष नियुक्तिसम्ममा लाखौँको डिल भएको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।

उक्त अडियोको परीक्षण र मन्त्रीमाथि छानबिन गर्न अख्तियारले गुप्तालाई बोलाएको हो । अख्तियारको अनुसन्धान टोलीले गुप्तासँग सुरुमा भ्वाइस टेस्ट लिनेछ भने त्यसपछि बाँकी प्रक्रिया अघि बढाइनेछ ।

त्यस्तै लेनदेनमै मुछिएका अर्का भूमीमन्त्री बलराम अधिकारी भने अझै पदमै बहाल रहेका छन् । उनले केही दिनअघि पत्रकार सम्मेलन गरेर आफूमाथि फसाउने षडयन्त्र भएको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?