कोरोना संक्रमणका कारण पोखरामा एक महिलाको मृत्यु

लोकपथ
287
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ ।

पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको सोमबार निधन भएको हो ।

गत असार २५ गते उनमा कोरोना संक्रमण देखिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोरोनाकै कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोमा आइतबार मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेय लगायतका समस्याहरु देखिएको थियो ।

पछिल्लो समय गण्डकी प्रदेशसहित देशभर कोरोना संक्रमणको जोखिख बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?