काठमाडौं । एनआईसी एशिया बैंक आजबाट २८ वर्षमा प्रवेश गरेको छ ।
नेपालमा जनताहरुलाई सहज सेवा पुर्याउने उदेश्यले एनआईसी एशिया आजभन्दा २८ वर्षअघि आजकै दिन सुरु भएको थियो ।
बैंकले यस दौरानमा आफूहरुप्रति अनवरत रुपमा भरोसा दर्साइ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई सफल बनाउन सहयोग पुर्याएको भन्दै धन्यवाद दिएको छ ।
त्यस्तै नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएको छ त्यसको सम्पूर्ण श्रेय आम ग्राहहरुलाई जाने बैंकले जनाएको छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट लिएको बैंकले जनाएको छ ।
हाल देशभर बैंकका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया