सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

लोकपथ
210
Shares

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?