काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक २३ वर्षीया कोइली शाह मृत भेटिएको घटनामा एक जना पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीमाथि तीन दिनअघि नै पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले भने, ‘आत्महत्या दुरुत्साहनमा मृतक कोइली शाहको परिवारले किटानी जाहेरी दिएपछि तीन दिनअघि नै पत्रकार परिचन्द्र खत्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । त्यसपछि उनी फरार छन् । हामी खोजी गरिरहेका छौँ ।’
उनले थपे, ‘आरोपित व्यक्ति मोबाइल स्विच अफ गरी फरार छन् । खोजी गरिरहेका छौँ ।’
कोइली असार २८ गते बिहान बन्द गरिएको आफ्नै डेरामा मृत फेला परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया