काठमाडौं । बाढी–पहिरोका कारण मुलुकका मुख्य राजमार्गका ६ ठाउँमा क्षति पुग्दा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ भने पाँच ठाउँमा एकतर्फी मात्रै सञ्चालन भइरहेको छ ।
प्रहरीका अनुसार, मेची राजमार्ग, कोशी राजमार्ग, तमोर कोरिडोर, कालीगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ ।
नेपाल प्रहरीले आज सोमबार बिहान ९ बजे अद्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा कोशी राजमार्ग, पाँचथरको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग, पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको छ ।
यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ तरङखोला, रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै, काठमाडौंको टोखा नगरपालिका–२ मा अविरल वर्षाका कारण सडकमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडक खण्ड, बागलुङको गलकोट नगरपालिका–११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग, बागलुङकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरेकाले कालीगण्डकी कोरिडोर, रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिममा र भुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फीरुपमा सञ्चालन भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया