काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा स्थित खेल मैदानको बारमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।
मृतकको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै मृतकको मोबाइल फोन फेला परेको छ । साथै, मृतकले कालो रंगको कपडा, झोला र जुत्ता लगाएकी छन् ।
शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको र प्रारम्भिक अनुसन्धानका आधारमा मात्र कुनै निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया